९० जना थपिएपछि कोरोना संक्रमितको संख्या ७७२ पुग्यो

156


छिनछिन खबर
काठमाडौं
–मंगलबार ९० कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले दिएको जानकारी अनुसार महत्तरीका २, बारामा २, बाराका ३, रौतहटका २२, सिरहाका ५, धनुषाका १, बाँकेका ८, कपिलवस्तुका २६, अर्घाखाँचीका २, गुल्मीका २, रूपन्देहीका १, कैलालीका १, अछामका १, स्याङ्जाका २ र सुर्खेतका १२ जना कोरोना संक्रमित थपिएका हुन् ।

योसँगै नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या ७७२ पुगेको छ । तीमध्ये अहिलेसम्म ४ जनाको मृत्यु भएको छ । १५५ संक्रमित निको भएर घर फर्किएका छन् ।

Womui
Womui