पुष्कर र सुजलबीच भएको विवादको वास्तविकता

128
पुष्करराज खड्का । र, सुजल र पुष्करबीच भएको सम्झौता पत्र ।

शमशेरगन्ज–
राप्तीसोनारी गाउँपालिका वडा नम्बर ८ स्थित शिवशक्ति मावि पेरानीमा अध्यापन गराउँदै आएका शिक्षक पुष्करराज खड्काले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) राप्ती सोनारी गाउँपालिकाका सदस्य शेरबहादुर खड्का ‘सुजल’ले समाचार खण्डन नगर्नुका साथै आफ्नो शैक्षिक पेसालाई बदनाम गरेको आरोप लगाएका छन् ।

आइतबार पुष्कर र सुजलबीच भएको सम्झौता बमोजिम सुजलले समाचार खण्डन नगरेको र गाउँभर अनावश्यक हल्ला फैलाएर आफ्नो स्कुलको नाम र अङ्गाल्दै आएको शैक्षिक पेसालाई बद्नाम गराएको आरोपसमेत पुष्करले लगाएका छन् । सम्झौता बमोजिम जेठ १० गते एक अनलाइन पत्रिकामा ‘एक युवकले दिए युवा नेता सुजललाई ज्यान मार्ने धम्की’ शीर्षकमा प्रकाशित समाचारलाई खण्डन गर्ने र गाउँमा फैलाइएको अनावश्यक हल्लाउपर फेसबुक पेजमा यथार्थ के हो खोल्नेलगायतका सम्झौता भएको पुष्करले बताए ।
पुष्करले लकडाउनको उल्लङ्घन गरेर आफू अनावश्यक रुपमा आवतजावत नगरेको बताएका छन् । पुष्करले भने,’ मैले लकडाउनको उल्लङ्घन गरेको होइन । क्वारेन्टाइनका विषय छलफल गर्न वडा नम्बर ८ को वडा कार्यालयमा सहभागी भएर आएको थिएँ । सुजललगायतका स्थानीय युवाले बाटोमा रुखको मुढा राखेर बाटो अवरोध गरेका थिए । त्यसरी बाटो अवरोध गर्नु हुँदैन बरु आवतजावत गर्ने मानिसको डाटा संकलन गरेर राख्नुपर्छ भन्दा सामान्य बादविवाद भएको हो ।’वादविवादकै क्रममा केही गल्ती गरेको भएपनि मेरो स्कुलको नाम र मेरो पेसालाई लिएर समाचार आउँदा दुःख लागेको बताउँदै पुष्करले  भने,‘वादविवाद भएको ९ गते हो । हाम्रो वादविवाद हुँदा स्थानीय पनि जम्मा भएका थिए । त्यतिबेला बाटो अवरोध गर्ने विषयमा छलफल गर्ने सल्लाह भएपनि जेठ १० गते एक अनलाइन पत्रिकामा मेरो स्कुल र अङ्गाल्दै आएको पेसालाई लिएर समाचार प्रकाशित भयो ।’

शिक्षक पुष्कर र सुजलबीच आइतबार राप्ती सोनारी गाउँपालिका वडा नम्बर ८ का वडा अध्यक्ष खुमबहादुर बस्नेत, वडा नम्बर ९ का वडा अध्यक्ष महावीर ओली र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बाँकेका जिल्ला कमिटी सदस्य कमानसिह खनाल, नेपाली कांग्रेसका युवा नेता मोहन गौतमलगायतको उपस्थितिमा सुजलले समाचार खण्डन गर्नेलगायतका सर्तको अधिनमा रहने गरी आपसी समझदारी भएको थियो ।

पुष्करले समाचार खण्डन नभएकोमा दुःख व्यक्त गर्दै आफूविरुद्ध आएको समाचारको विश्वास नगर्न स्थानीयमा आग्रह गरेका छन् । त्यस्तै उनले उक्त समाचार खण्डन गर्ने सहमति भएता पनि सहमति अनुरुप समाचार खण्डन नगरेर आफूखुसी अर्को समाचार प्रकाशित गरेकोमा दुःख व्यक्त गरेका छन् ।

Womui
Womui