राप्तीसोनारीमा प्रहरीले बढायो सक्रियता

47

बाँके (शमशेरगन्ज)–

राप्तीसोनारी गाउँपालिका–९ ढकेरी का एक युवामा पहिलोपटक कोरोना भाइरस देखिएपछि गाउँपालिकामा लकडाउनलाई कडा बनाइएको छ । ढकेरीमा रहेका खाद्यान्न पसल तथा दुग्ध जन्य पसलहरु समेत बन्द गरिएको छ ।अति आवश्यक काम बाहेक सर्वसाधारणलाई बाहिर ननिस्किन आग्रह गरिएको छ । 

ढकेरीमा रहेको प्रहरी विटकी इन्चार्ज भूमिसरा धामीका अनुसार लकडाउनलाई कडा बनाउने निर्देशन आएसँगै गाउँ गाउँमा गस्ती गरिरहेको बताइन् । प्रहरी बिटमा रहेका ५ जना सुरक्षाकर्मीले लकडाउनलाई कडाइसाथ पालना गर्न स्थानीयलाई सचेत गराइरहेको जानकारी दिइन् । उनका अनुसार लकडाउनका बेला नदीजन्य पदार्थ उत्खननलगायतका अवैध कार्य हुनसक्ने सम्भावना बढी रहेकाले २४ घण्टा गस्ती गरिएको छ । त्यस्तै गाउँमा समय कटाउने बाहानामा जुवा खेल्नेलगायतका गतिविधि नगर्न उनले सुझाएकी छिन् ।

Womui
Womui