समाजसेवी बर्माद्वारा पत्रकारलाई स्वास्थ्य सामग्री सहयोग

145
अवधी पत्रकार संघका केन्द्रीय अध्यक्ष राकेशकुमार मिश्रलाई चेक हस्तान्तरण गर्दै समाजसेवी केशवराम बर्मा ।

नेपालगन्ज, जेठ ७–

कोरोना भाइरस (कोभिड १९) को संक्रमणका बेला पत्रकारहरुलाई सुरक्षित तरिकाले रिपोटिङका लागि बाँके डुडुवा गाउँपालिका वार्ड नं २ नौरीगौढीका समाजसेवी केशवराम बर्माले अवधी पत्रकार संघ नेपाललाई रु ५ हजार एक सय रुपैयाँको चेक हस्तान्तरण गरेका छन् ।
कोरोना भाइरस संक्रमणको जोखिमबाट बच्न तथा सावधानी अपनाउनका लागि सुरक्षित स्वास्थ्य सामग्री खरिदका लागि संघलाई सहयोग उपलब्ध गराइएको हो । समाजसेवी बर्माले उक्त चेक संघका केन्द्रीय अध्यक्ष राकेशकुमार मिश्रलाई हस्तान्तरण गरे । प्राप्त रकमबाट सुरक्षित स्वास्थ्य सामग्री (के एन ९५ मास्क) खरिद गरेर संघमा आबद्ध विभिन्न सञ्चार माध्यममा कार्यरत केही सक्रिय पत्रकारहरुलाई उपलब्ध गराइएको छ ।
अहिलेको विष्मपरिस्थितिमा पत्रकारहरुले आफ्नो जीउ ज्यानकोे समेत सुरक्षा नगरी रिपोटिङमा खटिने पत्रकारहरुको सुरक्षाका लागि स्वास्थ्य सामग्री सहयोग गरेको बर्माले बताए । ७९ वर्षीय बर्मा नेपाल खाद्य संस्थानका पूर्व क्षेत्रीय निर्देशक हुन् भने वर्तमान अवस्थामा अहिले फत्तेबाल आँखा अस्पतालका बोर्ड अफ डाइरेक्टर र जनता समाजबादी पार्टीका केन्द्रीय सदस्यको रूपमा सेवा गरिरहेका छन् । सामाजिक सेवाको भावनाले उत्प्रेरित बर्माले सानो सहयोगले केही हदसम्म फाइदा पुग्ने भनेर सहयोग गरेको बताए । यसअघि उनले विपन्न परिवारको राहतका लागि डुडुवा गाउँपालिकालाई नगद रु ११ हजार रुपैयाा र नेपालगन्जमा ५ जना प्रहरीलाई खाना र नास्ताको व्यवस्था गरेका थिए ।

Womui
Womui