नेपालको नयाँ नक्सा सार्वजनिक, भूमि कहिले फिर्ता होला ?

114


छिनछिन खबर
काठमाडौं
–सरकारले नेपालको नयाँ नक्सा सार्वजनिक गरेको छ । भूमि व्यवस्थमन्त्री पदमा अर्यालले पत्रकार सम्मेलनमा नयाँ नक्शा सार्वजनिक गरेकी हुन् ।


नयाँ नक्सामा लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेटिएको छ । मन्त्री अर्यालले नेपालको नयाँ नक्साको विषयलाई भारतले पनि सकारात्मक रुपमा लिने बताइन् । अब सरकारी दस्तावेज र पाठ्यपुस्तकहरुम नयाँ संस्करणको नेपाली नक्सा प्रयोग हुने उनले बताइन् । नयाँ नक्सा सार्वजनिकसँगै भारतीय सेना बसिरहेको कालापानी लगायतको भूमि पनि फिर्ता गर्नुपर्ने दायित्व सरकारको काँधमा आएको छ ।

Womui
Womui