नरैनापुर गाउँपालिकालाई रेडजोन घोषणा

73

नेपालगन्ज, जेठ ५–

नरैनापुर गाउँपालिकालाई रेड जोन घोषणा गरिएको छ । जिल्ला सुरक्षा समिति बाँकेको ५ गते सोमबार गरेको निर्णयअनुसार नरैनापुर क्षेत्रलाई रेडजोन घोषणा गरिएको हो । गाउँपालिकामा ५५ जना कोरोना संक्रमित पुगिसकेका छन् भने एकजनाको मृतयुसमेत भइसकेको छ ।

नरैनापुर गाउँपालिकामा हुने अत्यावश्यक बाहेकका सबै आवागनमा रोक लगाउने निर्णय सुरक्षा समितिले गरेको छ । अर्को सूचना नआएसम्मका लागि सुरक्षा समितिको निर्देशनलाई बेवास्ता गरे कानुन बमोजिम कारबाहीसमेत हुने सहायक प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायद्वारा हस्ताक्षरित सूचनामा उल्लेख छ ।

Womui
Womui