एकैदिन ८० जनामा कोरोना, नेपालमा ३७५ संक्रमित

57

काठमाडौं, जेठ ६–
नेपालमा कोरोना संक्रमितको संख्या ३ सय ७५ पुगेको छ। नेपालमा एकैदिन ८० जनामा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार ८० जनामा संक्रमण पुष्टि भएको जनाएको छ। मन्त्रालयका अनुसार बाँकेको नरैनापुरमा ५९ जना संक्रमण पुष्टि भएको छ। यस्तै, रौतहटमा ९, धनुषामा तीन तथा मोरङ, झापा, खोटाङ, सुनसरी, बारा, धादिङ, गुल्मी, दाङ र दैलेखमा एक एक जना संक्रमित भेटिएका छन्।

यसअघि सोमबार दिउँसो बाँकेको नरैनापुरमा ४७ जनामा कोरोना संक्रमण देखिएको थियो। त्यसपछि सोमबार राति थप १२ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ।

Womui
Womui