बाँकेको कुसुममा कृषि शाखाले गर्‍यो अनुगमन, धानको बीउ पनि वितरण

122
कागती खेती अनुगमन गर्दै वडाध्यक्ष चन्द्रबहादुर ओली, कृषि शाखा प्रमुख चन्द्रा शाहीलगायत ।

खिमराज घर्ती
बाँके (शमशेरगन्ज), जेठ ५–
राप्तीसोनारी गाउँपालिका वडा नं. १ कुसुममा अनुगमन गरिएको छ । गाउँपालिकामा रहेको कृषि शाखाले किसानले लगाएको मकै र कागतीमा लागेको गबारो किरा निन्यत्रण तथा रोगथाम लागि सोमबार अनुगमन गरेको हो ।

कृषि शाखाले मकै तथा कागतीमा लाग्ने गबारो किरा निन्यत्रण तथा रोगथामको लागि स्थानीय किसानलाई आधारभूत ज्ञान दिनुका साथै किरा नियन्त्रणको लागि औषधी पनि वितरण गरेको कृषि शाखा प्रमुख चन्द्रा शाहीले बताइन् । कुमु्मका क्रियाशील १० जना किसानलाई गबारो किरा नियन्त्रण गर्ने औषधी वितरण गरेको जानकारी दिइन् ।

वडा नम्बर १ कुसुमका वडाध्यक्ष चन्द्र बहादुर ओलीले समयसमयमा कृषि शाखाले अनुगमन गर्ने भएकाले खेतीपाती गर्दा आइपर्ने समस्यासँग नडराउन किसानलाई आग्रह गरे । वडाध्यक्ष ओलीले भने,‘खेतीपातीमा आइपर्ने केही समस्या भए हामीलाई सम्पर्क गर्नूस् । गाउँपालिकाको कृषि शाखाको टोली आवश्यक सल्लाह सुझाव दिन तत्पर छ ।’

अनुगमनमा कृषि शाखाका टोली, वडा नं. १ का अध्क्षय चन्द्र बहादुर ओली, कार्यापालिका सदस्य नैना खत्री, वडा सचिव देव बहादुर केसीलगायतको उपस्तिथि रहेको थियो ।

२० क्वीन्टल धानको बीउ वितरण

यसैबीच कुसुमका किसानलाई धानको बीउ वितरण गरिएको छ । ५० प्रतशित अनुदानमा धानको बीउ वितरण गरिएको वडाअध्यक्ष चन्द्रबहादुर ओलीले जानकारी दिए । उनका अनुसार वडास्थित विभिन्न किसानलाई अनुदानमा २० क्वीन्टल धानको बीउ वितरण गरिएको हो ।

Womui
Womui