उपविजेतामा चित्त बुझाए दिवेशले

44

काठमाडौं, जेठ ५-
अमेरिकाको चर्चित गायन रियालिटी सो अमेरिकन आइडलको १८ औं संस्करणमा नेपाली गायक दिवेश पोखरेल उपविजेतामा चित्त बुझाउनु परेको छ । आइडलमा आर्थन गनको नामले प्रतिस्पर्धा गरेका उनीसँग गायिका जस्ट स्यामले प्रतिस्पर्धा गरेकी थिइन् । भोटको आधारमा स्याम विजयी भएकी हुन् ।

अमेरिकाको कन्सास राज्यको विचिटा सहरमा बस्दै आएका २२ वर्षीय दिवेश उत्कृष्ट २० बाट उत्कृष्ट ७ सम्म आइपुग्दा निर्णायकबाट निकै प्रशंसा बटुलेका थिए। अन्तिममा भोटका आधारमा उनी उपविजेता सीमित भएका हुन्। निर्णायक लियोनल रिचीले दिवेशलाई बब मार्लीसँग दाँजेका थिए भने अर्का निर्णायक लुक ब्रायनले त दिवेशले अमेरिकन आइडलमा अहिलेसम्मकै स्टार हुन सक्ने भविष्यवाणी गरेका थिए।

Womui
Womui