गौराको रौनकमा रङ्ग‍िँदै बैतडी

95

भगीरथ अवस्थी
बैतडी, भदौ १७

सुदूरपश्चिमेलीहरुको महान पर्व गौरा नजिक आएपछि बैतडी लगायत सुदूरपश्चिमका जिल्लाहरुमा यसको रौनक छाएको छ । अहिले गाउँघर जताततै गौराको रौनक छाएको स्थानीय बासिन्दाहरुले बताएका छन् । यो पर्वमा महिलाहरुले ब्रत बसी शिव र पार्वती पूजा गर्ने गर्दछन् । धानको खेतमा गएर सौंकोबोटको गौराको मूर्ती बनाएर पूजा गर्ने चलन रही आएको छ । गौराको पहिलो दिन बिरुडा पञ्चमीका दिन बिरुडा भिजाउने चलन रहेको छ ।

gaura 2 विभिन्न फागहरु गाएर पाँच प्रकारका अन्न गहुँ,गहत,केराउ,मास र गौरस लाई तामाको भाडामा भिजाउने चलन रही आएको छ । पञ्चमीका दिन भिजाएका बिरुडालाई षष्ठीका दिन नजिकको धारा तथा नदीमा लगेर धुने चलन रहेको छ । त्यो पनि गौराको बिशेष पूजा गर्ने परम्परा रही आएको छ । षष्ठीको भोलीपल्ट सप्तमीलाई अमुक्तभरण सप्तमी भन्ने चलन रही आएको छ । त्यो विवाहित ब्रतालु महिलाहरुले साँझ पख गौरा घरमा गौरा लगेर विभिन्न पूजा सामग्री र बिरुडाले पूजा गर्ने चलन रही आएको छ । सोही दिन महिलाहरुले लगाउने बिशेष प्रकारको धागो दुबधागोलाई गौरामा चढाउने चलन रही आएको छ । यस्तै गौराको मुख्य दिन दुर्वाष्टमी अर्थात अठ्यावाली हो । यो दिन ब्रतालु महिलाहरुले गौरालाई गौरा खलामा लगेर पूजा गर्ने चलन छ । यसका साथै बिवाहित महिलाहरुले दुबधागो पनि सोही दिन धारण गर्ने गर्दछन् । गौराको पूजा सकेपछि महिलाहरुले आफ्ना छोरा,श्रीमान,आफन्तजन,प्रियजनको बिरुडाले टाउको पूज्ने चलन रही आएको छ । दीघार्यु र चिरायुको कामना गर्दै टाउको पूज्ने गरिन्छ । गौरामा पुरुषहरुले पनि विभिन्न खालका ठाडो खेल,धमारी,ढुस्को र डेउडा खेल्ने गर्दछन् । कृष्ण पक्षमा परेको गौरालाई अनारी गौरा र शुक्लपक्षमा परेको गौरालाई स्थानीय भाषामा उजेली गौरा भन्ने चलन रही आएको छ । यो बर्ष षष्ठी र सप्तमी एकैदिन परेकाले १८ गते नै बिरुडा धुने र साँझ पख पूजा गर्नुपर्ने संस्कृतिका जानकाहरुले बताएका छन् ।

Womui
Womui