राप्तीसोनारी ८ का कृषकलाई ५० प्रतिशत अनुदानमा धानको बीउ वितरण

131
राप्तीसोनारी वडा नम्बर ८ मा किसानलाई धानको बीउ वितरण गरिँदै ।

समराथ मगर
बाँक (राप्तीसोनारी), वैशाख २८–

राप्ती सोनारी गाउँपालिका–८ का कृषकलाई धानको बीउ वितरण गरिएको छ । कृषितर्फको बीउविजन कार्यक्रम अन्तर्गत आइतबार धानको बीउ वितरण गरिएको हो ।

८ नं.वडा कार्यलयले ५० प्रतिशत अनुदानमा धानको बीउ कृषकलाई वितरण गरेको छ । वडाका कृषकलाई प्रत्येक १ कठ्ठा जग्गाका लागि २.५ किलोका दरले बीउ वितरण गरिएको वडा अध्यक्ष खुमबहादुर बस्नेतले जानकारी दिए । वडा नम्बर ८ का धर्माेती, ओभरी, पेरानी, बालापुर, खल्लागाउ, अमुवागाउका किसानहरुलाई धानको बीउ वितरण गरिएको छ । यस अघि नयाँ गाँउका ५० घरधुरीलाई ५२५ किलो बीउ वितरण गरिसकेको वडा कार्यालयले जानएको छ । वडा कार्यालयलको अनुदान र जिम्मेवार समाज नेपाल राप्तीसोनारी–८ को समन्वयमा कृषकलाई ४० क्वीन्टल धानको बीउ वितरण गरीसकेको वडा अध्यक्ष बस्नेतले बताए ।

Womui
Womui