उदयपुरमा एकै दिनमा ४ संक्रमित, नेपालमा संक्रमित संख्या ११० पुग्यो

24

काठमाडौं, वैशाख २७–

उदयपुरको भुल्केका शनिबार बिहान ३ महिलामा कोरोना भाइरसको संक्रमण देखिएकोमा शनिबार साँझ थप एक जना महिलामा कोरोना भाइरसको संक्रमण देखिएको छ। विराटनगरको प्रयोगशालामा गरिएको परीक्षणमा ४३ वर्षीया महिलामा कोरोना पोजेटिभ देखिएको जिल्ला जनस्वास्थ्य कार्यालय उदयपुरका प्रमुख मोहन सुवेदीले बताए ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ११० पुगेको छ।

Womui
Womui