कुरा नमिल्दा गाउँपालिका अध्यक्ष र वडाअध्यक्षबीच ढुंगा हानाहान !

256

कालिकोट, वैशाख २७–

उपभोक्ता समिति गठन गर्ने विषयमा कुरा निमल्दा गाउँपालिका अध्यक्ष र वडाअध्यक्षबीच ढुंगा हानाहान भएको छ । पलाँता गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर बम र सोही गाउँपालिका वडा नम्बर २ का वडा अध्यक्ष मानबहादुर भण्डारीबीच सडक निर्माणका लागि उपभोक्ता समिति गठन गर्ने विषयमा कुरा नमिल्दा ढुंगा हानाहान भएको हो ।

प्रत्यक्षदर्शी एकराज न्यौपानेका अनुसार ढुंगा हानाहान हुँदा गाउँपालिका अध्यक्ष बमको गालामा चोट लागेको छ भने उनकी श्रीमतीलाई टाउकोमा चोट लागेको छ । घाइते दुवैजनाको राडुनेटा स्वास्थ्य चौकीमा उपचार भइरहेको छ।

Womui
Womui