बाँकेमा थपिए एकजना कोरोना संक्रमित

44
प्रतीकात्मक तस्बिर ।

नेपालगन्ज । नेपालगन्जमा एकजना कोरोना भाइरस संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार भेरी अस्पतालमा गरिएको परीक्षणमा शुक्रबार १६ वर्षीय युवामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । योसँगै नेपालगन्जमा कोरोना संक्रमितको संख्या २४ पुगेको छ ।

यसअघि तीन चरणमा गरिएका परिक्षणमा नेपालगन्जका २३ जनामा कोरोना संक्रमण देखिएको थियो । योसँगै नेपालमा कूल संक्रमितको संख्या १०२ पुगेको छ । यसमध्ये ७४ पुरुष र २८ महिला रहेका छन् ।

Womui
Womui