बाँकेमा संकलित ५९६ स्वाबमध्ये १८४ को नतिजा आउन बाँकी

44
प्रतीकात्मक तस्बिर ।

नेपालगन्ज । कोरोना भाइरस (कोभिड–१९) को उच्च जोखिममा रहेको नेपालग्न्जमा ५ सय ९६ को थ्रोट स्वाब नमुना गरिएको छ। तीमध्ये १ सय ८४ को नतिजा आउन बाँकी रहेको स्वास्थ्य कार्यालय, बाँकेले जनाएको छ।

नेपालगन्जमा पहिलोपटक गत शुक्रबार कोरोना संक्रमण देखिएको थियो। नेपालगन्ज उपमहानगरपालिकाका ६० वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएयता थप २२ जनालाई संक्रमण देखिसकेको छ। ६० वर्षीय पुरुषलाई कोरोना संक्रमण देखिएपछि संक्रमितको सम्पर्कमा आएका व्यक्तिको खोजी गर्ने क्रममा एउटै बस्तीका २३ जनामा संक्रमण देखिएको हो ।

Womui
Womui