बैजनाथ गाउँपालिकामा नाका शिल गर्ने प्रयास असफल

121

बाँके(बैजनाथ), बैशाख २५-
बाँकेको बैजनाथ गाउँपालिकाले आफ्ना चार वटै नाका शिल गर्ने प्रयास असफल भएको छ । गाउँपालिकाले आफ्नो चारै क्षेत्रका नाका शिल गर्ने यसअघि निर्णय गरेको थियो । गाउँपालिका आफैले गरेको निर्णय कार्यान्वयन नगर्दा सर्बसाधारणको चहल पहल बढेको हो । स्थानीय बासिन्दाका अनुसार वडा नम्बर ७ को नाका खुल्ला छ ।

बैजनाथ गाउँपालिका कोभिड १९ रोकथाम समन्वय समितिले गरेको निर्णय अनुसार दक्षिणतर्फको सिमा मध्ये वडा नम्बर ७ पेडारी गाउँको नाका पुर्ण रुपमा खुल्ला छ । बैठकमा निर्णय भए अनुसार सिमा नाकामा सुरक्षाकर्मी, स्थानीय स्वयं सेवक परिचालन गरेर कडाई गरिने बताइएपनि त्यहाँ कोही पनि परिचालित छैनन् ।

Womui
Womui