लकडाउन एक साता लम्ब्याउने सरकारको तयारी

92

छिनछिन खबर
काठमाडौं
–सरकारले जारी लकडाउन थप एक साता लम्ब्याउने तयारी गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिको बैठकमा लकडाउन लम्ब्याउनेबारे छलफल भएको र लकडाउन निरन्तर जाने समितिका सदस्य सचिव तथा प्रधानमन्त्री कार्यालयका सचिव नारायणप्रसाद विडारीले जानकारी दिए ।

‘अहिले सरकारले जुन नीति अख्तियार गरेको छ, जुन बाटोमा हिँडिएको छ, यो सही छ भन्ने छलफलबाट निष्कर्ष निकालियो,’, बिडारीले भने, ‘लकडाउन निरन्तर रहन्छ ।’ यसबारे निर्णय भने बुधबार बस्ने मन्त्रिपरिषद् बैठले निर्णय गर्ने उनले बताए । सरकारले गत चैत ११ देखि लागू गरेको लकडाउनको समयावधि बिहीबार मध्यरातिदेखि सकिँदैछ ।

Womui
Womui