नेपालगन्जका सबै कोरोना संक्रमित आइसोलेसनमा

31

नेपालगन्ज, बैशाख २२-
नेपालगन्जका सबै कोरोना संक्रमितलाई आइसोलेसनमा राखिएको छ । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ८ महेन्द्र पार्कस्थित ‘जोलहनपुर्वा’ टोलका १५ जना संक्रमित फेला परेका थिए । त्यसअघि नेपालगन्ज–७ डिएसपी रोडस्थित मोसीटोलका ६० बर्षिय ब्यक्ति पनि फेला परेका थिए ।

नयाँ संक्रमित १५ जनालाई आइतबार राती नै बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालको आइसोलेसनमा लगिएको बाँकेका प्रहरी प्रमुख(एसपी) बीरबहादुर ओलीले जानकारी दिए । ‘संक्रमित ब्यक्तिका परिवारसम्म त हामी पुग्न सकेकै छैनौं, तिनको परिवार संख्या कति छ, कुन अवस्थामा छन्, प्रहरीले प्रोफाईल तयार पार्दैछ,’ उनले भने । प्रहरीले आइतबार राती एम्बुलेन्समार्फत संक्रमितलाई आइसोलेसनमा लगेर राखेको ओलीले बताए ।

Womui
Womui