एकै दिन १५ जना कोरोना संक्रमित भेटिएपछि संघ र प्रदेशको ध्यान नेपालगन्जमा केन्द्रित

135

नेपालगन्ज, बैशाख २२-
एकैदिन १५ जना ब्यक्तिमा कोरोना संक्रमण पुष्टी भएपछि नेपालगन्जमा संघिय र प्रदेश सरकारको ध्यान केन्द्रित भएको छ । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ८ महेन्द्रपार्क स्थित जोलहनपुर्वा टोलका १५ जना ब्यक्तिमा आइतबार कोरोना भाइरसको संक्रमण भेटिएको थियो । त्यसअघि शुक्रबार पनि एक ६० बर्षिय ब्यक्तिमा कोरोना संक्रमण पुष्टी भएको थियो । यो सँगै नेपालगन्जमा अहिलेसम्म १६ जना संक्रमित फेला परिसकेका छन् ।

उक्त टोलमा संक्रमण फैलिएको आशंकामा संघिय र प्रदेश सरकारको ध्यान केन्द्रित भएको हो । कोरोना संक्रमणको अवस्था बुझ्न प्रदेश पाँचका सामाजिक विकाश मन्त्री सुदर्शन बराल नेपालगन्ज आइपुगेका छन् । उनी नेपालगन्ज आए लगत्तै बाँकेका सुरक्षा निकायका प्रमुख तथा स्वास्थ्यकर्मीसँग छलफल गरेका छन् । जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले प्रदेश मन्त्री बरालले नेपालगन्जका विभिन्न सरोकारवाला निकायका प्रमुखसँग छलफल गरेको जानकारी दिए ।

नेपालगन्जमा फेला परेका १६ जना संक्रमितलाई खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा रहेको आइसोलेसनमा राखिएको उनले बताए । जिल्ला प्रहरी कार्यालय बाँकेले आइतबार राती नयाँ संक्रमित १५ जनालाई एम्बुलेन्समार्फत आइसोलेसन कक्ष पुर्याएको हो ।

Womui
Womui