आर्मीको गाडीले ठक्कर दिँदा एकको मृत्यु, एक गम्भीर घाइते

45

छिनछिन खबर
नेपालगन्ज, वैशाख २०–

बाँकेको कोहलपुरमा आर्मीको गाडीले ठक्कर दिँदा मोटरसाइकलमा सवार एकको मृत्यु भएको छ भने एक भाइते भएकी छिन् । नेपालगन्जदेखि कोहलपुर आउँदै गरेको कोहलपुर नगरपालिका–२ का मोटरसाइकल चालक २४ वर्षीय किरण भुषालको मृत्यु भएको छ भने मोटरसाइकल पछाडि बसेकी बारबर्दिया नगरपालिका–४ कि २७ वर्षीया प्रतीक्षा भुसाल गम्भीर घाइते भएकी छन् ।

नेपालगन्जबाट कोहलपुतर्फ आउँदै गरेको नेपाली सेनाको बा २ झ ६३४१ नम्बरको गाडीले भे ४ प ७६२० नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको थियो । दुर्घटनामा गम्भीर घाइते भएकी भुसालको नेपालगन्ज शिक्षण अस्पताल कोहलपुरमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ । प्रहरीले सेनाको गाडीलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान सुरु गरेको जनाएको छ ।

Womui
Womui