हवाई मार्गबाट हुम्लाबासीको उद्धार

329

छिनछिन खबर
नेपालगन्ज, वैशाख २०–

OLYMPUS DIGITAL CAMERA

हवाई मार्गबाट लकडाउनका कारण नेपालगन्ज र सुर्खेतमा अलपत्र हुम्लाबासीलाई हवाई मार्गबाट उद्धार गरिँदै छ । अलपत्र परेका हुम्लाबासीको मागलाई सम्बोधन गर्दै पर्यटन मन्त्रालयले नेपालगन्ज र सुर्खेतमा फसेका हुम्लाबासीलाई हवाई मार्गबाट उद्धार गर्ने निर्णय गरेसँगै हुम्लाका लागि उडान सुरु भएको छ ।

करिब ९ सय जना हुम्लाबासी नेपालगन्ज र सुर्खेतमा अलपत्र परेको बताइएको छ । विद्यार्थी, अपांग अशक्त, साठी वर्ष माथिका नागरिकलाई प्राथमिकता दिएर हुम्ला लैजाने कार्य सुरु गरिएको तारा एयरका स्टेनशन म्यानेजर दिलिप पौडेलले जानकारी दिए । शनिबार १२ बजेसम्म नेपालगन्जबाट तारा एयरलाइन्स, सिता एयर र समिटले उडान भरेका छन् । हुम्ला पुगेका यात्रुको सिमकोट बिमान स्थलमा स्वास्थ्य परीक्षण भएपछि सम्बन्धित गाउँपालिकामा पठाइने छ ।

Womui
Womui