सामाजिक दूरी कायम राख्न कांग्रेस क्षेत्रीय सभापतिको आग्रह

40

खड्क खत्री
बाँके (राप्तीसोनारी), वैशाख १५–

कोरोना भाईरस कोबिड–१९ को संक्रमणबाट जोगिनका लागि अनिवार्य रुपमा सामाजिक दूरी कायम राख्न नेपाली कांग्रेस बाँके क्षेत्र नम्बर १ का क्षेत्रीय सभापति माधवराम केसीले आग्रह गरेका छन् । सरकारद्वारा आव्हान गरिएको लकडाउनको अवज्ञा गर्दै अझै पनि कतिपय सार्वजनिक स्थलमा सामाजिक दूरी कायम नराख्ने पाइएकोले त्यसतर्फ चिन्ता व्यक्त गर्दै सभापति केसीले सामाजिक दूरी कायम राख्न आग्रह गरेका हुन् ।

लकडाउन जारी रहेको अवस्थामा पनि कतिपय मन्दिर मस्जिद, र सार्वजनिक स्थानमा धेरै संख्यामा मानिस उपस्थित हुने, सामाजिक दूरी कायम नराख्नेलगायत अन्य सावधानीका उपायहरू नअपनाउने गरेको देखिएको, सुनिएकोतर्फ इंगित गर्दै सभापति केसीले चिन्ता व्यक्त गरेका छन् ।

देशका विभिन्न जिल्ला र छिमेकी भारतमा कोरोना भाइरसको संक्रमण दिनानुदिन बढ्दै गएकाले सरकारले जारी गरेको लकडाउन नै कोरोना भाइरसबाट बच्ने र बचाउने उपाय भएको सभापति केसीको भनाइ छ । लकडाउन पालना गरी सभ्य र शिक्षित नागरिकको उदाहरण दिँदै यो समयमा नियमित साबुन पानीले हातखुट्टा धुने र घरभित्रै बसेर सरकारलाई सहयोग गर्न सुझाउँदै सभापति केसीले सरकारले गरेको लकडाउका कारण प्रभावित दैनिक ज्याला मजदुरी विपन्न, गरिब तथा असाहय घरपरिवारलाई स्थानीय तहले एकद्वार प्रणालीबाट वितरण गरिरहेको राहत कार्यक्रम प्रशंसनीय भएको र यसलाई थप प्रभावकारी बनाउन सम्पूर्ण संयन्त्र अपनाउन अपिल गरे ।

Womui
Womui