राहत पाउनबाट कोही वञ्चित हुँदैनन्ः वडाध्यक्ष ओली

46
राहत वितरण गरिँदै ।

छिनछिन खबर
बाँके (राप्तीसोनारी), वैशाख १०-
राप्तीसोनारी गाउँपालिका वडा नम्बर १ वडा कार्यालयले पहिलो चरणमा कुसुमबाट २७१ घरधुरीलाई राहत वितरण सुरु गरेको छ । यहाँका प्रत्येक घरधुरीमा राहत वितरण गरिने छ ।
यस अघि वडा कार्यालयले गाउँपालिकाले उपलब्ध गराएको १ लिटर तेल , १ किलो नुन, एउटा साबुन सबै घरधुरीलाई बाँडिसकेको छ भने अहिले प्रत्येक घरधुरीलाई आवश्यकता अनुसार चामल, दाल बाँड्ने योजना रहेको वडाअध्यक्ष चन्द्रबहादुर ओलीले बताए ।
वडास्थित रेडक्रस, नेपाल प्रहरी, जनप्रतिनिधिलगायतको टोलीले सिफारिस गरे समस्यामा परेका वडावासीको घरमै पुगेर खाद्यान्न बाँड्ने योजना वडा कार्यालयको छ ।
वडा कार्यालयले समस्यामा परेका वडावासीको तथ्याक संकलन गरिरहेको छ भने राहत पाउने सूचीमा परेका वा गरिव, विपन्न र मजदुरले राहत पाउनबाट वञ्चित हुनु नपर्ने वडाध्यक्ष ओलीले बताए ।

Womui
Womui