नेपालगन्जको अर्को काण्ड !

50

छिनछिन खबर
नेपालगन्ज, वैशाख १०–
अत्यधिक मूल्यमा थर्मामिटर बिक्री गर्ने औषधि पसल कारबाहीमा परेको छ ।
६ हजार रुपैयाँमा किनेको इन्फारेट थर्मामिटरलाई १० हजार रुपैयाँमा बिक्री गर्ने नेपालगन्जस्थित लाइफकेयर सर्जिकललाई संयुक्त बजार अनुगमन समितिले कारबाही गरेको हो । खरिद मूल्य भन्दा २० अधिकतम २० प्रतिशत मूल्य बढाएर बिक्री गर्ने नियम भएपनि उक्त सर्जिकलले अत्यधिक नाफा लिएको पाइएपछि दुई लाख रुपैयाँ जरिवाना तिराइएको छ । थर्मामिटर २ हजार रुपैयाँमा पाइने भएपनि कोरोनाको जोखिम बढेसँगै यसको मूल्य ६ हजार रुपैयाँ पुगेको हो ।
मास्कको अधिकतम् खुद्रा मूल्य नतोकेर बिक्री वितरण गरेको भन्दै कमला मेडिसिन, कमला इन्टरनेशनल र कृष्ण इन्टरनेशनलाई ५०र५० हजार रुपैयाँ जरिवाना तिराएको थियो भने नट फर सेल्स लेखिएको सेनिटाइजरलाई बढी मुनाफा लिई बिक्री वितरण गरेको पाइएपछि हिल्स मेडि सप्लायर्सलाई दुई लाख रुपैयाँ जरिवाना तिराइएको थियो ।

Womui
Womui