पार्टीका संघीय सांसदलाई ओली र प्रचण्डको ब्रिफिङ

231


काठमाडौं, बैशाख १०-
प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल कम्युनिष्ट पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्ना पार्टीका संघीय सांसदहरूलाई बुधबार दिउँसो ब्रिफिङ गरेका छन् । दुई अध्यक्षले प्रदेश/प्रदेशका सांसदलाई फरक/फरक समयमा बोलाएर विकसित पछिल्लो राजनीतिक घटनाक्रमबारे ब्रिफिङ गरेका हुन् ।

सुदूरपश्चिम प्रदेशका सांसदहरूसँगको छलफल सकिएको र प्रदेश १ का सांसदहरूसँग छलफल भइरहेको प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । ओली प्रचण्डको ब्रिफिङ दिनभरि चल्नेछ । दुई दिनअघि सरकारले अकस्मात पार्टी विभाजनको व्यवस्था खुकुलो बनाउँदै अध्यादेश ल्याएपछि नेकपाभित्र राजनीतिक तरंग आएको थियो ।

Womui
Womui