सरकारको ब्यवहारप्रति कांग्रेस क्षेत्र नम्बर १ बाँकेको ध्यानाकर्षण

41

नेपालगन्ज, बैशाख १०-
सर्वोच्च अदालतको आदेश अवज्ञा र पैदल यात्रीमाथी सरकारले गरेको ब्यवहारप्रति नेपाली कांग्रेस बाँके क्षेत्र नम्बर १ ले गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । क्षेत्रीय सभापति माधव केसी ढकालले एक विज्ञप्ती जारी गरी यस्तो बताएका हुन् । ‘सरकारले राहत प्याकेज नल्याएका कारण उनीहरु पैदल हिडेर भएपनि आफ्नो घर फर्किन बाध्य भई आउने जाने क्रम जारी छ, यस्तो अवस्थामा पैदल यात्रुलाई सुरक्षित रुपले गन्तब्यमा पुर्याउन सहयोग गर्नुपर्नेमा उल्टो उनीहरुलाई रोक्ने निर्णय गर्यो, जुन सर्वोच्च अदालतको आदेश विपरित छ,’ विज्ञप्तीमा भनिएको छ ।

किसानले उत्पादन गरेका कृषि उपज बाली लगायत आय आर्जन एवम् उद्योग ब्यवसायको निर्धक्कका साथ बजार ब्यवस्थापन गर्न र नोक्सानीको अनुगमन गरी बैंक ऋण तथा करमा छुट तथा मिनाहा गर्न कांग्रेस क्षेत्र नम्बर १ ले आग्रह गरेको छ । ‘लकडाउनले गर्दा सिंगो नागरिकको जनजीवन कष्टकर बनिरहेको छ, भने दैनिक ज्याला मजदुरी गर्ने ब्यक्ति झनै समस्यामा छन्, सर्बसाधारणको घरमा चुलो बल्न कठिन भइरहेको समयमा सरकारले राहत वितरण निश्पक्ष, पारदर्शी र प्रभावकारी ढंगबाट वितरण गर्न सकेको छैन ।

राहत वितरणमा आफन्तवाद लागु गरिरहेको छ,’ विज्ञप्तीमा भनिएको छ । सरकार गैर जिम्मेवार हुँदा घरभन्दा टाढा रहेका मजदुर, बिद्यार्थी लगायतका ब्यक्तिको बिचल्ली भएको क्षेत्रीय सभापति केसीले विज्ञप्तीमा उल्लेख गरेका छन् ।

Womui
Womui