उदयपुरमा एकैदिन भेटिए ९ जना कोरोना संक्रमित, संक्रमित संख्या ४० पुग्यो

138


छिनछिन खबर
काठमाडौं–उदयपुरमा एकैदिनमा ९ जनामा कोरोना भाइरस (कोभिड(१९) को संक्रमण पुष्टि भएको छ । उदयपुरको भुल्केस्थित एक मस्जिदमा रहेका १३ जना कोरोना संक्रमितसँग सम्पर्कमा आएका ९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको हो । विराटनगरको कोसी अस्पतालको प्रयोगशालामा परीक्षण गर्दा नतिजा शंकास्पद आएपछि धरानमा गरिएको पुनः परीक्षणमा कोरोना देखिएको हो ।

योसँगै उदयपुरमा कुल २३ जना कोरोना संक्रमित भएका छन् । योसँगै नेपालमा संक्रमित हुनेको संख्या ४१ पुगेको छ । तीमध्ये ५ जना निको भएर घर फर्किएका छन् । कोरोनामा एकै दिन ९ जनामा कोरोना संक्रमित भेटिएपछि प्रदेश सरकारले उदयपुरलाई सिल गर्ने निर्णय गरेको छ ।

Womui
Womui