छुटेका परिवारलाई राहत वितरण

245

छिनछिन खबर
बाँके (राप्तीसोनारी), वैशाख ९

राप्तीसोनारी वडा नम्बर २ मा राहत लिन छुटेका ३० परिवारलाई पुनः राहत वितरण गरेको छ । मंगलबार राहत लिन छुटेका कचनापुरका ३० घरपरिवारलाई राहत वितरण गरेको हो । वडा नं.२ ले पहिलो चरणमा २ सय ६५ घरपरिवारलाई राहत वितरण गरेको थियो । अति विपन्न, गरिब, दुखी, एकल महिला, अपाङग र दैनिक ज्याला मजदुरी गर्ने २ सय ६५ घरपरिवारलाई राहत गरिएको हो ।


यस्तै वडा नं. २ का दुई हजार पाँच सय घरपरिवारलाई १ लिटर तेल, १ किलो नुन र एउटा साबुन वितरण गरिएको छ । जनप्रतिनिधिको सक्रिय सहभागितामा वडावासीको घरघरमा गएर राहत वितरण गरिएको वडा नं. २ का वडा अध्यक्ष मदनकुमार वलीले जानकारी दिए । वडा नं. २ का अगैया, राजपुर, बेलवास, सम्शेरगन्ज, टिकुलीपुर, मदूई, मदुवा, खोरियालगायतका गाउँमा चामल, दाल, नुन र तेल वितरण गरिएको वडा अध्यक्ष वलीले जानकारी दिए । लकडानका कारण स्थानीयवासीलाई भोकभोकै बस्न नदिने वडाअध्यक्ष वलीले जानकारी दिए ।
राप्तीसोनारी २ मा राहत वितरण राप्तीसोनारी गाउँपालिका वडा नं.२ कचनापुरमा धमाधम राहत वितरण गरिएको छ ।

Womui
Womui