राजमार्गमा हिड्ने मजदुरलाई काङ्ग्रेस र प्रजातान्त्रिक ब्यापारीको भोजन

119

“नेपाली काङ्ग्रेस कोहलपुर वडा नम्बर ११ समिती, नेपाल तरुण दल र प्रजातान्त्रिक उद्योग ब्यापार संघको पहलमा कोहलपुरमा आइपुगेका ३५ जना मजदुरलाई खाना खुवाएर शनिबार बेलुकी धनगढी पठाइएको छ ।”

कोहलपुर, बैशाख ६-
राजमार्गका पैदल यात्रीलाई ब्यवस्थापन गर्न सरकार कठोर भइरहेका बेला प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले अलपत्र परेका ब्यक्तिको उद्वार तथा खानपिन गराएको छ ।  पुर्ब-पश्चिम राजमार्ग हुँदै कोहलपुर आइपुगेका पैदल यात्रीका लागि काङ्ग्रेस कोहलपुर ११ इकाइ समिति र प्रजातान्त्रिक उद्योग ब्यापार संघले चौराहामा शनिबार खानपिनको ब्यवस्था गरेका हुन । दिउँसो करिव एक सयभन्दा बढीलाई खाना खुवाइएको काङ्ग्रेस कोहलपुर ११ का सभापति मोहन चापागाईंले बताए ।

यस्तै नेपाली काङ्ग्रेस कोहलपुर वडा नम्बर ११ समिती, नेपाल तरुण दल र प्रजातान्त्रिक उद्योग ब्यापार संघको पहलमा कोहलपुरमा आइपुगेका ३५ जना मजदुरलाई खाना खुवाएर शनिबार बेलुकी धनगढी पठाइएको छ। पैदल यात्रीलाई खाना खुवाएर जनज्योती स्कुलको बसबाट धनगढी पठाइएको काङ्ग्रेस नेता एल.बी केसीले जानकारी दिए ।

“सरकारले लकडाउनको निहुमा गरिव तथा मजदुरलाई बाटोमै अलपत्र पार्ने काम गरिरहेको छ, बिच बाटोमा मजदुरहरु भोकै मर्ने स्थिति आउने चिन्ताले हामीहरु मानवीय सेवामा जुटेका हौ,” चापागाईंले भने । खाना ब्यवस्थापनमा प्रजातान्त्रिक उद्योग व्यापार संघका अगुवा लक्ष्मणराज पौडेल लगायत ब्यापारीले साथ दिएका थिए । हाम्रो यो मानव सेवा जारी नै रहन्छ,” उनले भने। नेपाली काङ्ग्रेस र प्रजातान्त्रिक उद्योगी ब्यापारीले गरेको मानवीय सेवाको नागरिक स्तरबाट खुलेर प्रशम्सा गरिएको छ ।

मजदुरलाई खाना खुवाउदा काङ्ग्रेसका नेताहरु, जनप्रतीनिधि, अगुवा व्यापारीको सहभागिता रहेको थियोे । सर्वोच्च अदालतले राजमार्गका पैदल यात्रुलाई खाना खुवाउन र गन्तव्यसम्म पुर्याउन सरकारलाई आदेश दिइसकेको छ, तर सरकारले अझै सम्म सर्वोच्चको आदेश पालना गरेको छैन ।

Womui
Womui