बेलायतमा १६ नेपालीको मृत्यु

23

एजेन्सी

लण्डन, वैशाख ६–

कोरोना भाइरसको संक्रमणबाट शुक्रबारसम्म बेलायतमा १६ जना नेपालीको मृत्यु भएको लन्डनस्थित नेपाली दूतावासले पुष्टि गरेको छ । कोरोनाका कारण ज्यान गुमाउनेमा धेरैजसो पूर्वगोर्खा सैनिक र दीर्घरोगी रहेका छन् । १५ जना नेपाली भने कोरोनाको संक्रमणलाई जित्दै निको भइसकेका छन् । अहिले विभिन्न अस्पतालमा ७ जनाको उपचार भइरहेको छ । दूतावासले संकटको बेला सबैलाई सतर्क रहन र अत्यावश्यक कामबाहेक अरु बेला घरैमा बसेर संक्रमण नियन्त्रणमा सघाउन आह्वान गरेको छ ।

Womui
Womui