४ बजेदेखि विरगन्जमा लाग्यो कर्फ्यु

44

छिनछिन खबर
विरगन्ज, भदौ १४

संयुक्त मधेसी मोर्चाको आन्दोलनले उग्र रूप लिएपछि विरगन्जमा ४ बजेदेखि स्थानीय प्रशासनले कर्फ्यु लगाएको छ। वीरगञ्जका विभिन्न स्थानमा प्रदर्शनकारी र प्रहरीबीच झडप भएपछि अर्को आदेश नआउन्जेलसम्म सोमबार अपरान्ह ४ बजेदेखि प्रशासनले कर्फ्यु लगाएको जानकारी पर्खाका प्रमुख जिल्ला अधिकारी केशव घिमिरेले जानकारी दिए । अहिलेपनि विरगन्जका विभिन्न स्थानमा आन्दोनलनकारी र प्रहरीबीच झडप भइरहेको छ। यसअघि प्रहरीले स्थिति नियन्त्रणमा लिन हवाइ फायर र अश्रु ग्यास पनि प्रहार गरेको थियो।

प्रदर्शनकारीले विभिन्न स्थानमा रहेका सवारी साधनमा तोडफोड गरेका छन्। सुरक्षाकर्मी र प्रदर्शनकारीबीच नगवा चौकमा भएको झडपमा एक जना प्रदर्शनकारीलाई गोलीको छर्रा लागि कृष्णकुमार पटेल घाइते भएका छन् । उनको नारयणी उपक्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ भने अन्य ८ जना घाइते प्रदर्शनकारीको  पनि त्यही अस्पतालमा उपचार भइरहेको छ ।

Womui
Womui