२४ घण्टामा १४ थपिएसँगै नेपालमा ३० जना कोरोना संक्रमित

41

छिनछिन खबर

काठमाडौं, वैशाख ५–

Blood sample with respiratory coronavirus positive

नेपालमा २४ घण्टामै १४ थपिएसँगै नेपालमा ३० जना कोरोना भाइरस संक्रमित पुगेका छन् । शुक्रबार चितवनमा २ जना र उदयपुरको भुल्केस्थित एक मस्जिदमा रहेका १६ जनामध्ये १२ जनामा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।  चितवनका दुई संक्रमित एकै परिवारका सदस्य हुन् । उनीहरु बेलायतबाट हङकङ हुँदै नेपाल आएका हुन् ।

उदयपुरका भेटिएका संक्रमित एक महिना अगाडि मोरङ, सुनसरी र सप्तरी हुँदै आएको भन्ने बुझिएको छ। कोरोना संक्रमित १६ जनामध्ये १२ जना भारतीय रहेका छन् भने उनीहरुलाई मस्जिदमै निगरानीमा राखिएको छ ।

Womui
Womui