बाँकेमा थपिए चारवटा हेल्प डेस्क

161

छिनछिन खबर

नेपालगन्ज, वैशाख ५–

बाँकेका विभिन्न चार स्थानमा हेल्प डेस्क थपिएका छन् । जिल्ला प्रहरी कार्यालय बाँकेको पहलमा कुसुम, सम्झना चोक, कोहलपुर र धम्बोझीमा हेल्प डेस्क थपिएका हुन् । कोरोना भाइरस संक्रमणको जोखिमलाई मध्यनजर गर्दै बाँकेका थप चार स्थानमा हेल्प डेस्क’ संचालनमा ल्याइएको छ । हेल्प डेस्क स्थानीय तह र नेपाली सेनासँगको समन्वयमा संचालन गरिएको छ । राजमार्ग क्षेत्रमा भइरहेको आवतजावतलाई कडाइ गर्न र कोरोना भाइरसको सम्भावित संक्रमण फैलन नदिन स्वास्थ्यकर्मी सहितको हेल्प डेस्क संचालन गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

Womui
Womui