नगरपालिकाले राहत नदिएपछि व्यक्तिगत सहयोगमा वितरण

111

छिनछिन खबर

सुर्खेत(भेरीगंगा), वैशाख ४–

कुनैपनि व्यक्ति, संस्था वा समूहलाई कोरोना लकडाउनमा सिधैँ राहत वितरण गर्न रोक लगाएको दुई सातासम्म नगरपालिकाले खाद्यान्न उपलब्ध नगराएपछि वडा नम्बर ७ मा व्यतिगत सहयोगमा खाद्यान्न बाँडिएको छ।  नगरपालिकाले खाद्यान्न आफै उपलब्ध गराउने भन्दै एक करोडको विपत कोष खडा गरेर पनि राहत नदिएपछि वडाका १५ जनाले झण्डै डेढ लाख रुपैयाँ संकलन गरी बिहीबार खाद्यान्न बाँडेका हुन् ।

वडा वडाका विपन्न , गरिब र मजदुर परिवारलाई नगरपालिकाले सहयोग उपलब्ध नगराएपछि वडाका अगुवा स्वस्फूर्त पैसा संकलन र राहत वितरणमा लागेका छन्। स्थानीय स्तरबाट संकलन भएको १ लाख ४० हजार २ सय रुपैयाँ बराबरको खाद्यान्न  १०७ घरपरिवारलाई  गरिएको छ । समुदाय विकास केन्द्र संस्थाको समन्वयमा चामल, दाल, नुन र तेल वितरण गरिएको संस्थाका अध्यक्ष मानबहादुर बस्यालले जानकारी दिए । नगरपालिकाले राहत बाँड्ने आश्वासन दिने तर काम समयमा नगरेपछि ७ नम्बर वडाका अगुवाले निजी सहयोगमा वडाका विपन्न, गरिब र मजदुर  परिवारलाई राहतको व्यवस्था गरेको हो ।

बिहीबार एक कार्यक्रमबीच उक्त राहत बाँडिएको छ । नगरपालिका र वडा कार्यालय राहत वितरणमा नतमस्तक देखिएको भन्दै विरोध भइरहेको बेला ७ वडामा आफै श्रोत संकलन गरी राहत बाँडिएको हो । १०७ परिवारलाई खाद्यान्न राहात उपलब्ध गराउन स्थानीय सुदीप बोगटीले २२ हजार ५ सय, भूपेन्दकुमार रोकाय ११ हजार रुपैयाँ, सुरेन्द्र केसी १० हजार रुपैयाँ शेरबहादुर बस्यालले ८ हजार, खड्क मिजारले ८ हजार, मानबहादुर बस्यालले ७ हजार एक सय, मानबहादुर रोकायले ६ हजार, प्रेम खत्री ५ हजार एक सय, जिमराज कार्कीले ५ हजार, देवबहादुर मिजारले ५ हजार, नरेन्द्र कार्कीले ५ हजार, गोपाल कार्की र लिला वलीले ५/५ हजार रुपैयाँ सहयोग गरेका थिए  । यस्तै कृष्ण बस्याल, भिमबहादुर मिजार, धर्म मिजार, टेकबहादुर खत्री ,बालाराम थापा, दिलाकुमारी खत्री , अम्मर वली, गणेश केसी, शिशिर चन्द र अम्मर खड्काले पनि केही रकम सहयोग गरेका थिए।

व्यतिगत सहयोगमा संकलन रकमले समुदाय विकास संस्थाको पहल र वडा नम्बर ७ का वडाअध्यक्ष कर्णबहादुर मिजार र सदस्यहरुको समन्वयमा राहत खाद्यान्न उपलब्ध गराएको हो ।

Womui
Womui