राप्तीसोनारीका सबै क्वारेन्टाइन खाली

231

छिनछिन खबर

बाँके(राप्तीसोनारी), वैशाख ३–

राप्तीसोनारी गाउँपालिकामा रहेका क्वारेन्टाइन खाली भएका छन् । गाउँपालिकाको विभिन्न स्थानमा रहेका २६  जनाको स्वास्थ्य रिर्पोट नेगेटिभ आएसँगै घर फिर्ता भएपछि उक्त क्वारेन्टाइन बुधबार खाली भएका हुन् ।

५ वटा क्वारेन्टाइनमध्ये ३ वटामा २६ जना रहेका थिए। कोरोना भाइरस कोभिड १९को लकडाउनको समयमा भारत, विदेश र विभिन्न जिल्लाबाट आएकाको स्वास्थ्य रिर्पोट नेगेटिभ आएपछि गाउँपालिकाले घर फिर्ता पठाएको हो ।  राप्तीसोनारीको श्रीनेरा मावि राप्तीसोनारी ७ स्थित क्वारेन्टानबाट ९ जना, वडा नम्बर ८ समशेरगन्जस्थित शिवशक्ति माविका २ जना र वडा नम्बर ३ स्थित सामुदायिक आश्रय भवनको क्वारेन्टाइनमा बसेका १५ जनालाई घर पठाइएको गाउँपालिकाका अध्यक्ष लाहुराम थारुले बताए ।

यसअघि दाङबाट आएका २५ जनाको भारतीय नागरिकको टिमलाई एक दिनमात्र क्वारेन्टाइनमा राखेर पठाएको थियो । ५ वटा क्वारेटाइनमा शंकास्पद व्यक्ति नभएपनि तयारी र सर्तकता कायमै रहेको कार्यकारी अधिकृत दलबहादुर बस्नेतले जानकारी दिए । कोराना भाइरसबाट बच्न र बचाउनका लागि सबै तयारी अवस्थामा रहेको अधिकृत बस्नेतले जानकारी दिए । स्वास्थ्यकर्मी, कर्मचारी, जनप्रतिनिधि, नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाले यस क्षेत्रमा सजग र तयारी अवस्थामा रहेको गाउँपालिकाको भनाइ छ ।

Womui
Womui