नरैनापुरमा १५ लाखको कोरोना राहत कोष

419

छिनछिन खबर

बाँके(नरैनापुर), वैशाख ३–

नरैनापुर गाउँपालिका कार्यालय बाँकेले कोरोना भाइरस कोभिड १९ को तयारीका लागि १५ लाख रुपैयाँको कोरोना रोग रोकथाम तथा व्यवस्थापन कोष स्थापना गरेको छ । कोरोनाको महामारीमा आपतकालीन राहत वितरण र स्वास्थ्य सेवाका लागि उक्त कोष स्थापना भएको गाउँपालिकाका कार्यकारी अधिकृत मनिराम खरालले जानकारी दिए ।

कोषमा आपतकालीन रुपमा अहिले १५ लाख रकम विनियोजन भएको अधिकृत खरालले जानकारी दिए । यस्तै उक्त कोषमा गाउँपालिकाका अध्यक्ष ईश्तियाक अहमद शाहले २५ हजार र अन्यबाट १० हजार रुपैयाँ नगद जम्मा भएको खरालले बताए । अहिले कोषमा जम्मा भएको रकमबाट पहिलो चरणमा गरिब, विपन्न र मजदुर परिवारलाई खाद्यान्न वितरण गरिएको छ । नरैनापुरका ६ वडाका ७२० जनालाई उक्त कोषबाट खाद्यान्न उपलब्ध गराएको हो ।

दोस्रो चरणमा ५०० जनालाई खाद्यन्न राहत उपलब्ध गराउने तयारी रहेको गाउँपालिकाका अध्यक्ष शाहले बताए । कोषमा गाउँपालिकाले अन्य रकम रकामान्तर गर्दै जम्मा गर्ने तयारी भएको अध्यक्ष शाहले जानकारी दिए । यस्तै स्थानीय व्यापारी, उद्योगी, संघसंस्था, कार्यालयष्, कर्मचारीलाई समेत कोषमा रकम जम्मा गर्न आग्रह गरिने भएको छ । कोरोना महामारीबाट बच्नका लागि नरैनापुर गाउँपालिकाले आवश्यकता अनुसार कोषमा रकम जम्मा गर्ने तयारी गरेको छ ।

Womui
Womui