मगर बाहुल्यता रहेका १८ जिल्ला बन्द

44

 

छिनछिन खबर
काठमाडौं, भदौ १४

सीमांकनसहितको ७ प्रदेशको विरोधस्वरुप थारु तथा मधेसवादीहरुले तराईका जिल्लाहरु बन्द गरिरहेका बेला मगर समुदायले पनि मगराँत राज्यको माग गर्दै सोमवार मगर बाहुल्य १८ जिल्ला बन्द आहृवान गरेका छन् ।

मगराँत संघर्ष समितिको आयोजनामा पाल्पा, गुल्मी, अर्घाखाँची, तनहुँ, बाग्लुङ, स्याङजा, कास्की, लमजुङ, गोरखा, म्याग्दी, पर्वत, रोल्पा, रुकुम, प्युठान, दाङ, डोल्पालगायतका जिल्ला बन्द आहृवान गरिएको मगर संघ गुल्मीका अध्यक्ष श्रीप्रसाद भलामीले बताए ।

नयाँ नेपाल निर्माणको क्रममा चार दलका शीर्ष नेताले राज्यको पुनर्संरचनामा संघीयताको सीमाकंन गर्दा मगरहरुको सघन बस्तीलाई छिन्न भिन्न बनाएर बिनाआधारमा सात प्रदेशको खाका तयार पारिएको भन्दै विरोध स्वरुप मगराँत क्षेत्र बन्द आहृवान गरिएको भलामीले बताए । बन्दको प्रभाव पाल्पा, गुल्मी, अर्घाखाँची, स्याङ्जा र आसपासका जिल्लाहरुमा परेको छ ।

Womui
Womui