भारतले तीन साता थप्यो लकडाउन, अब वैशाख २१ गतेसम्म लकडाउन

86

एजेन्सी
नयाँ दिल्ली– छिमेकी मुलुक भारतले लकडाउनको अवधि तीन साता थपेको छ । पहिलोपटक लगाइएको २१ दिने लकडाउनको अवधि सकिन एक दिन बाँकी रहँदा प्रधानमन्त्री नरेन्द्र मोदीले पुनः २१ दिन नै लकडाउन थप्ने निर्णय गरेका हुन् ।

अब भारतमा मे ३ (वैशाख २१) सम्म लकडाउन हुनेछ । देशको नाममा सम्बोधन गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना नियन्त्रणमा प्रयास भइरहेको बताए । भारतमा हालसम्म १० हजार ३ सय ६३ जनामा कोरोनाको संक्रमण देखिएको छ ।

Womui
Womui