कोरोनाबिरुद्धको प्रभावकारी औषधी पत्ता लगायौंः ट्रम्प

18

छिनछिन खबर
काठमाडौं– अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसविरुद्ध प्रभावकारी हुने औषधी पत्ता लगाएको दावी गरेका छन् । उनले कोरोना भाइरस संक्रमणविरुद्ध प्रभावकारी औषधि पत्ता लागेको दाबी गर्दै परीक्षणको लागि पठाएको जानकारी दिए ।

अमेरिकी राष्ट्रपति ट्रम्पले ह्वाइट हाउस कोरोना टास्क फोर्सको नियमित पत्रकार सम्मेलनमा कोरोना संक्रमित व्यक्तिको उपचारमा प्रभावकारी हुने दावी गरेका छन् । औषधि उत्पादक कम्पनी फाइजरले कोरोना भाइरसको संक्रमण पुनः फैलिन नदिन अति उपयुक्त तथा प्रभावकारी औषधि उत्पादन गरेको ट्रम्पले दाबी गरेका छन् ।

परीक्षणपछि त्यो औषधी चलाउने तयारी आफुहरुले गरेको ट्रम्पले बताए । औषधि तथा उपचार पद्धतिप्रति उत्पादक कम्पनी अति नै आशावादी र उत्साही रहेको राष्ट्रपति ट्रम्पलाई उधृत गर्दै अमेरिकी सञ्चारमाध्मयले जनाएका छन् । अहिले विश्वमै सबैभन्दा बढी कोरोना संक्रमण अमेरिकामै भइरहेको छ । त्यहाँ अहिलेसम्म साढे १६ हजार बढीको मृत्यु भइसकेको छ ।

Womui
Womui