पत्नीको गोली हानेर हत्या

32

छिनछिन खबर

बाजुरा, चैत २७–

गौमूल गाउँपालिकाका एक व्यक्तिले पत्नीको गोली हानेर हत्या गरेका छन् । गौमूल गाउँपालिका वडा नम्बर ४ निवासी ४० वर्षीय गोरख रोकायाले ३३ वर्षीय पत्नी सुन्तु रोकायाको भरुवा बन्दुकले गोली हानेर हत्या गरेका हुन् ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लोकेन्द्र ठगुन्नाका अनुसार भैँसी गोठमा भरुवा बन्दुकले गोली हानेर हत्या गरिएको अवस्थामा सुन्तुको शव फेला परेपछि बिहीबार माइती पक्षले प्रहरीलाई खबर गरेका थिए ।

मृतकका पति गोरख रोकायालाई एक थान भरुवा बन्दुकसहित नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ।  मृतक सुन्तुको टाउको बीच भागमा गोली लागेको प्रहरीले जनाएको छ।

Womui
Womui