वडावासीको घरदैलोमै बित्छ वडा अध्यक्ष बस्नेतको दिनचर्या

20

छिनछिन खबर

राप्तीसोनारी, चैत २७–

बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नम्बर ८ का वडाअध्यक्ष खुम बहादुर बस्नेतको दिनचर्या वडावासीको घरदैलोमै बित्ने गरेको छ । कोरोना भाइरसको सम्भावित जोखिम न्युनिकरणका लागि वडावासीलाई सचेतना जगाउँदैमा उनको दिनचर्या बित्ने गरेको हो ।

होम क्वारेन्टाइनमा बसेका व्यक्तिको स्वास्थ्य अवस्था बुझ्नुका साथै कोरोनाबाट बच्न सचेतना जगाउँदै स्वास्थ्यकर्मी, जनप्रतिधि र समिति घरदैलोमा जुटेको वडा अध्यक्ष बस्नेतले बताए । बस्ती तथा घरमा गएर मास्क वितरणसँगै स्वास्थ्य सचेतीकरण जगाउने अभियान सञ्चालन गरेको बताउँदै उनले भने,‘ वडामा प्रतिनिधि गठित समिति २४ घण्टा सजग र तयारी अवस्थामा छ । भैपरी आउने समस्या समाधान गर्न ८ नम्बर वडा पूर्ण रुपमा तयार छ ।’

वडा नं. ८ भित्र कोरोना भाइरसको सम्भावित जोखिम हुन नदिन ६ वटा टोल समिति गठन गरेको अध्यक्ष बस्नेतले जानकारी दिए । जनप्रतिनिधि, टोल समितिले वडाका सबै टोलमा पुगेर कोरोनाविरुद्धको सचेतना प्रदान गर्ने र माक्स वितरणको काम गर्दै आएको उनले जानकारी दिए । ‘भारत वा विदेशबाट आएका व्यक्तिलाई क्वारेन्टाइनमा राखिएको छ,’ अध्यक्ष बस्नेतले भने, ‘क्वारेन्टाइनमा बसेकाले नियम पालना गरे/नगरेकोसमेत दिनहुँ अनुगमन भइरहेको छ । साथै भारतलगायत अन्य ठाउँबाट आएका मानिसको अवस्थाबारे जानकारी लिन घरदैलो कार्यक्रममार्फत सक्रिय रुपमा लागिपरेका छौं ।

अहिले वडामा १५ शैयाको सुविधा सम्पन्न वाइफाइसहितको क्वारेन्टाइन निर्माण गरिएको छ ।  वडामा लकडाउनलाई पूर्ण रूपमा कार्यान्वयनमा ल्याउन स्थानीय बासिन्दा, प्रहरी प्रशासन, जनप्रतिनिधि सबैले हातेमालो गरेको बताउँदै वडा अध्यक्ष बस्नेत भने, ‘कोरोना भाइरसको सम्भावित जोखिम न्यूनीकरणका लागि जनप्रतिनिधि गठित समिति २४ सैँ घण्टा सजग अवस्थामा रहन्छ,’ उनले भने, ‘गाउँमा नयाँ मान्छे आएको जानकारी पाउनेबित्तिकै स्वास्थ्य अवस्थाबारे जानकारी लिएर क्वारेन्टाइनमा राख्ने गरेका छौँ ।’

Womui
Womui