कोरोना भाइरसका कारण ३२ प्रतिशत ब्यापार घट्छः डब्लुटिओ

41

एजेन्सी–विश्व व्यापार संगठन (डब्लुटीओ) का प्रमुख रोबर्टो अजेवेदोले संसारले कोरोना भाइरसको कारण ठूलो आर्थिक मन्दी खेप्ने बताएका छन् ।
यो मन्दी सन् २००८ को आर्थिक मन्दीभन्दा ठूलो हुने प्रक्षेपण डब्लुटिओले गरेको छ ।

‘वर्तमान अवस्थालाई हेर्दा दीगो आर्थिक बृद्धिका लागि जे पनि उपायहरु उपयोग गर्नु हाम्रो लक्ष्य हुनुपर्दछ जसले गर्दा परिस्थिति परिवर्तन गर्न सकियोस्।’डब्लुटिओका प्रमुख अजेवेदोले भने । डब्लुटिओले विश्वव्यापी ब्यापार ३२ प्रतिशतसम्म घट्न सक्ने प्रक्षेपण गरेको छ । डब्ल्यूटिओले कोरोनाभाइरसको कारण २०२० मा विश्वव्यापी व्यापार एक तिहाईसम्म घट्ने प्रक्षेपण गरेको छ । संगठनले जारी विज्ञप्तिमा विश्व व्यापार २०२० मा १३ देखि ३२ प्रतिशतसम्म घट्न सक्ने उल्लेख छ ।

डब्लुटिओले २०२१ मा विश्व व्यापारमा भने २० प्रतिशत बढ्ने अनुमान गरेको छ । विश्व व्यापार संगठन प्रमुखले संकटको सामना गर्न सबै देशले एक भएर काम गर्नुपर्ने बताएका छन् । कोरोनाको कारण लगभग सबै क्षेत्रहरु प्रभावित हुनेछ, यीमध्ये इलेक्ट्रोनिक र अटो उद्योगमा बढी संकट देखिनेछ । नेपाललाई पनि कोरोनाको महामारीले आगामी दिनमा थप समस्या पार्ने देखिन्छ ।

Womui
Womui