अष्ट्रेलियन प्रधानमन्त्रीको घोषणापछि नेपाली विद्यार्थीलाई झन् समस्या

141

छिनछिन खबर
काठमाडौं–अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मरिसनले विदेशीलाई सहयोग गर्न नसकिने बताएपछि नेपाली विद्यार्थी झन् समस्यामा परेका छन् । मरिसनले अष्ट्रेलिया आएको एक वर्ष नपुगेका विद्यार्थी आफ्नो देश फर्किन सक्ने बताएपछि विद्याथीहरु संकटमा परेका हन् ।

कोरोना भाइरसका कारण त्यहाँ रहेका धेरै विद्यार्थीहरुले जागिर गुमाएका छन् । अधिकांश नेपाली विद्यार्थीहरुले होटल रेष्टुरेन्टमा काम गर्ने गर्छन् । अष्ट्रेलियामा करिब एक लाख नेपाली विद्यार्थी छन् । कोरोनाका कारण आधा भन्दा बढी विद्यार्थीले आफ्नो काम गुमाइसकेका छन् ।

गैरआवासीय नेपाली र विद्यार्थीलाई अष्ट्रेलिया पठाउने संस्थाहरुसँग कुरा गरिरहेको जनाएको छ । प्रधानमन्त्री मरिसनले अप्ठ्यारो अवस्थामा परेकाहरु स्वदेश फर्कन सक्ने बताएका थिए । नेपाली विद्यार्थी १० देखि १५ लाख रुपैयाँ खर्चेर अष्ट्रेलिया पुग्ने गर्छन् ।

Womui
Womui