औषधि खरिदमा अनियमितता गर्नेलाई कारबाही हुनुपर्छः देउवा

29

छिनछिन खबर
काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले औषधि खरिद प्रक्रियामा अनियमितता गर्नेलाई बरखास्त गरी कारबाही हुनुपर्ने माग गरेका छन् । अप्ठेरोका बेला यस्तो कार्य माफी योग्य नभएको उनको भनाइ छ ।

 


देउवाले विज्ञप्ति जारी गरी अत्यावश्यक स्वास्थ्य उपकरण र औषधी खरिद प्रकरणमा भएको गम्भीर अनियमितताको घटनाले देशकै प्रतिष्ठामा आघात पुगेको बताए । ‘विश्व स्वास्थ संगठनको मापदण्ड विपरीतको कमसल सामग्री खरिद कार्य अत्यन्तै आपत्तिजनक र लज्जास्पद छ,’ देउवाले भनेका छन् । कांग्रेस सबैखाले अनियमितता र बेथितिविरुद्ध निरन्तर उभिने, तर संकटसँग जुध्न निरन्तर सरकारको साथमा रहने देउवाको विज्ञप्तिमा भनिएको छ ।

Womui
Womui