भारतबाट फर्केका २५ जना डुडुवा गाउँपालिकाको क्वारेन्टाइनमा

235

डुडुवा(बाँके), चैत २०-
भारतबाट आएका नेपाली नागरिकलाई डुडुवा गाउँपालिकाले अस्थायी क्वारेन्टाइनमा राखेको छ । डुडुवा गाउँपालिका वडा नम्बर ६ हिरिमिनिया सिमा नाका उद्युमगन्जमा भारतबाट आएका २३ जना नेपालीलाई पोष्ट नजिकै टेन्टमा राखिएको हो । सो पोष्टमा स्थापना गरिएको हेल्थ डेस्कमा उनीहरुको स्वास्थ्य परिक्षण गरेर मास्क, सामान्य औषधी वितरण गरि तीन दिनदेखि टेन्टको अस्थायी क्वारेन्टाइन व्यवस्था गरि राखिएको गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक धनबहादुर बुढाले बताए ।

गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीको विशेष पहलमा खाना, नास्ता, पानी लगायतको व्यवस्था गरिएको छ । अध्यक्ष चौधरीले उनीहरुलाई भेटेर अवस्थाका बारेमा जानकारी लिएका थिए । नेपाली नागरिकहरु दैलेख, सुर्खेत, सल्यान, गोरखा लगायत जिल्लाका रहेका छन् । उनीहरुमा सामान्य ज्वरो, रुघाखोकी जस्ता कुनैपनि लक्षण नदेखिएपछि त्यही क्वारेन्टाइनमा राखिएको र घर पठाउनका लागि जिल्ला प्रशासन कार्यालय बाँकेलाई समेत आवश्यक पहलसँगै जानकारी गराइएको अध्यक्ष चौधरीले बताए ।

यस्तै नयाँबस्ती नाकामा आएका दुई जनालाई सोही स्थानमा स्थान्तरण गरिएको छ । गाउँपालिकासँग सिमा जोडिएका ३ स्थानमा गाउँपालिकाले हेल्थ डेस्क स्थापना गरि स्वास्थ्य परिक्षण गर्दै आएको छ ।

Womui
Womui