कोरोना भाइरसविरुद्ध खोप बनाउन ४४ प्रोजेक्ट

108

एजेन्सी– कोरोना भाइरसका कारण विश्व नै आक्रान्त छ । कोरोना भाइरसका कारण विश्वभर ३५ हजारभन्दा बढी मानिसको मृत्यु भइसकेको छ भने दैनिक मृत्युदर अझै बढ्दो क्रममा छ । संक्रमित हुनेको बाढी नै आएको छ ।

साढे ७ लाखभन्दा बढी संक्रमित भइसकेका छन् र यो यतिमै रोकिनेवाला देखिँदैन । ३१ डिसेम्बर २०१९ मा चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको चपेटामा २ सयभन्दा बढी देश परिसकेका छन् । कोरोना भाइरसको महामारी चलिरहँदा विश्वका वैज्ञानिकहरू यतिबेला पूर्ण शक्ति लगाएर यसको खोप आविष्कार गर्न जुटेका छन् । विश्वभर धेरै ठाउँमा अनुसन्धान र परीक्षण चलिरहँदा एउटा कुराको डरले पनि सताइरहेको छ ।

त्यो के हो भने, तेस्रो विश्वका देशका बिरामीले यो भ्याक्सिन पाउलान् ? कि धनी देशहरूले यसलाई आफ्नो लागि मात्र जम्मा गरेर बस्नेछन् ? मलिक्युलर जेनेटिसिस्ट केट ब्राडिरिक कोभिड( १९ का लागि खोप बनाउने प्रोजेक्टमा काम गरिरहेकी छन् । विश्वभर आज कोरोना भाइरसविरुद्ध लड्ने खोप बनाउने ४४ वटा प्रोजेक्ट चलिरहेका छन् । ब्राडिरिक अमेरिकाको बायोटेक्नोलोजी कम्पनी इनोभायोको शोधकर्ताको टिममा सामेल छन् ।

यो टिमको उद्देश्य यस वर्षको डिसेम्बरसम्म १० लाख खोप तयार पार्नु हो । अहिलेको महत्त्वपूर्ण प्रश्न यो खोप विश्वभरका गरिब देशहरूले पनि पाउलान् त ? भन्ने हो । आममानिसको दिमागमा मात्र होइन, स्वयं खोप बनाउने टोलीका डाक्टर ब्राडरिकको दिमागमा पनि यही प्रश्न आइरहेको छ । स्कटल्यााण्डकी ब्राडरिककी एउटी बहिनी बेलायतको नेसनल हेल्थ सर्भिसमा नर्स छन् । उनले भनिन्, ‘मेरी बहिनी कोरोना भाइरस संक्रमित मानिसहरूको उपचारमा खटिएकी छन् । मलाई हरेकले यो खोप पाउँछन् या पाउँदैनन् भन्ने चिन्ता छ ।

हामीले जसरी पनि यो खोप बनाउनै पर्छ ।’ इनोभायो जस्ता कम्पनीको खोप धनी देशहरूले जम्मा गर्न सक्छन् । यो अरूका लागि चिन्ताको विषय हो । इपिडिमियोलोजिस्ट सेठ बर्कले पनि ‘इम्युनाइजेसन ग्याप’को जोखिमबारे जानकारी दिइरहेका छन् । उनी ‘भ्याक्सिन अलायन्स’ (गाभी)का सीईओ हुन् ।
यो निजी र सरकारी क्षेत्रका संस्थाहरूमा ग्लोबल हेल्थ पार्टनरसीप हो र यसको उद्देश्य विश्वभरका सबैभन्दा गरिब ७३ देशहरूमा खोप पुर्‍याउनु हो ।

यसको सदस्यमा विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ) पनि छ । बर्क भन्छन्, ‘अहिले खोप त बनेको छैन तर पनि यो बहस गर्नुपर्छ । धनी र गरिब दुवै खाले देशमा आवश्यक परेका जनताले खोप पाउने सुनिश्चितता हुनुपर्छ । मलाई चिन्ता छ, कम पाइने वस्तुलाई लिएर प्रायस् व्यवहार खराब पाइएको छ । हामीले अहिलेदेखि नै यसमा काम गर्नुपर्छ ।’

Womui
Womui