वीर अस्पतालमा मृत्यु भएका दुवै जनामा कोरोना देखिएन

38

छिनछिन खबर
काठमाडौं– वीर अस्पतालमा मृत्यु भएका दुई जनालाई कोरोना भाइरसको संक्रमण नभएको पाइएको छ । नैकापकी ४० वर्षीया महिलाको वीर अस्पतालको आइसियुमा मृत्यु भएको थियो भने अर्का एक ३५ वर्षीय पुरुषको पनि अस्पतालको इमरजेन्सीमा मृत्यु भएको थियो।

उनीहरुलाई कोरोना भएको शंका गरिएको थियो । वीर अस्पतालले दुवै जनाको रिपोर्ट नेगेटिभ आएको जनाएको छ । कोरोना उपचार टिमका एक चिकित्सकले भने, ’टेकु ल्यावले उनीहरुमा नेगेटिभ आएको रिपोर्ट दिएको छ ।’
नैकापका मृतककलाई सशस्त्र बल प्रहरी अस्तालबाट रेफर गरी वीर पठाएको थियो उनमा श्वास फेर्न गाह्रो हुने र ज्वरो आउने समस्या थियो । यसअघि उनमा उच्च रक्तचापको मात्र समस्या रहेको र अन्य समस्या नभएको अस्पताल स्रोतले जनाएको छ ।

Womui
Womui