मास्कको कृत्रिम अभाव र कालोबजारी नियन्त्रण गर्न सादा पोसाकमा प्रहरी परिचालन

37

छिनछिन खबर
काठमाडौं–कोरोना भाइरसको त्रास बढेको बेला कालोबजारी नियन्त्रण गर्न सरकारले सादा पोशाकमा प्रहरी परिचालन गरेको छ । कोरोना भाइरसको त्रास बढेको बेला मास्क र सेनिटाइजरको कृत्रिम अभाव सिर्जना गरिएको छ । कतिपय व्यवसायीले अभाव देखाएर मनलाग्दी मूल्य बढाएका छन् ।


यही कुरालाई मध्यनजर गर्दै गृह मन्त्रालयले सादा पोसाकका प्रहरी बजारमा खटाएको जनाएको छ । मास्कको कृत्रिम अभावसँगै कालो बजारी बढेपछि गृहसचिव महेश्वर न्यौपानेले प्रहरीलाई सादा पोसाकका प्रहरी बजारमा खटाउन निर्देशन दिइसकेको बताए ।

Womui
Womui