बलात्कार प्रयास आरोपमा प्रदेश सांसद पक्राउ

82

छिनछिन खबर
धनगढी– बलात्कार प्रयासको आरोपमा नेकपाका सुदूरपश्चिम प्रदेशका सांसद अक्कल रावल पक्राउ परेका छन् । एक महिलामाथि बलात्कार गर्न खोजेको आरोप लागेपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो ।

धनगढी उपमहानगरपालिका–४ उत्तर बेहडीकी एक विवाहित महिलाले रावलमाथि बलात्कार प्रयासको आरोप लगाउँदै जिल्ला प्रहरी कार्यालय कैलालीमा फागुन १४ गते उजुरी दिएकी थिइन् । पीडित महिलाले उजुरी दिएको एक सातापछि रावललाई प्रहरीले नियन्त्रणमा लिएको हो । जाहेरीमा पीडित भनिएकी महिलाले आफूमाथि माघ २१ गते रावलले बलात्कारको प्रयास गरेको आरोप लगाएकी छन् ।

Womui
Womui