प्रधानमन्त्रीको प्रत्यारोपित मृगौलाले काम गर्न थाल्योः अस्पताल

46

छिनछिन खबर
काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओलीको नयाँ मृगौलाले काम गर्न थालेको छ । प्रत्यारोपन गरेलगतै मृगौलाले काम गर्न थालेको अस्पतालले जनाएको छ । बुधवार प्रधानमन्त्री ओलीको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा मृगौला प्रत्यारोपन गरिएको थियो ।

शल्यक्रिया सम्पन्न भएपछि ओलीलाई आइसियूमा सारिएको छ । प्रधानमन्त्रीको शरीरमा अब चार वटा मृगौला रहेका छन् । मृगौला प्रत्यारोपनपछि अस्पतालले विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीको स्वास्थ्य अवस्था स्थिर रहेको समेत जनाएको छ ।‘

हाल उहाँको स्वास्थ्य अबस्था स्थिर छ, सवै सुचकांकहरु राम्रो अबस्थामा छन्’ अस्पतालद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।’ प्रधानमन्त्री ओलीलाई भान्जी समिक्षा संग्रौलाले मृगौला दिएकी हुन् ।

Womui
Womui